देशमा राजनीतिक अस्थिरता बढ्दा बजारमा अनियन्त्रितमा बेथिती बढेको सरोकारावालाहरुले बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यत्रमmमा बोल्दै राष्ट्रिय उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले राजनीतिक अस्थिरता बढ्दा उपभोक्ता मारमा पर्ने गरि बजारमा बेथिती बढेको बताए ।
नेपालको नीति निर्माण गरिने सिंहदरबारमा सांसद र मन्त्रीले उपभोग गर्ने खाद्य नै गुणस्तरहिन भएको र अबैध रुपमा सञ्चालनमा रहेको क्यान्टिनको उपभोग गर्ने नेतृत्वबाट उपभोक्ता सधैं पिल्साइमा रहनु् पर्ने महर्जनले बताए ।
बिचौलियाले राज्य सञ्चालन गर्दै आएका नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्ने गर्दा पाँच रुपैयाँको तरकारी उपभोक्ताको चूलो सम्म पुग्दा ८० रुपैयाँ पुगेको उनले बताए । बजार मंहगी नियन्त्रण गर्ने सरकारी संयन्त्रनै निकम्मा भएको बताउँदै उनले मनोमानी रुपमा महंगी बृदि« हुँदा पनी सरकार मौन बस्नुले पनि बिचौलिया र सरकारको साँठगाठ भएको पुष्टि हुने मर्हजनले बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले देशमा पाँच बर्ष सम्म टिक्ने बलियो सरकार नभएसम्म बजारमा देखिएको अस्थिरताको नियन्त्रण असम्भव रहेको बताए । देश बनाउनको लागि बलियो सरकार चाहिने बताउँदै उनले देशमा अब दुई दलिय ब्यवस्था जानुको बिकल्प नभएको बताए ।
दुइ दलिय ब्यवस्था भए मात्रै पाँच बर्ष सरकार टिक्ने र प्रतिपक्ष पनि पाँच बर्ष रहने भन्दै ३२ सिट ल्याउने पार्टीले सरकारको नेतृत्व गर्ने र ८९ सिट ल्याउने कांग्रेस पछि लाग्नु बिडम्बना देशका लागि घातक भएको बताए ।
नेपाली राजनीतिमा देखिएको बिभिन्न समिकरणलाई हेर्दा अझै निरास हुनु पर्ने बेला आई नसकेको बताउँदै बस्नेतले राजनीतिमा ब्यापक सुधार गर्दै मूलुक सुधार्नु पर्ने बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका शिव मानन्धर अनिन्यत्रित ब्याज बृद्धिकै कारण बजार पनि अनियन्त्रीत रुपमा महंगी बृद्धि भएको बताए । उनले सरकाले बढाएको अनियन्त्रित ब्याजकै कारण बिभिन्न क्षेत्रका ब्यक्तिहरुले आत्महत्या गर्नु पर्ने अवस्थाले अझै बिकरालरुप लिने बताए ।
प्रतिक्रिया