८ असार २०८२, आइतबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने युएई जाने



आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई जाने भएका छन् । दुबईमा जारी लिग–२ खेल्न लामिछाने जान लागेका हुन् । सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने बाटो खुलेको हो ।

हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा लामिछाने टोलीमा सामेल हुने भएका हुन् । २८ फेब्रुअरी २०२३ मा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा मौसमको काँधमा चोट लागेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ३० बजे