३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कर्मचारीलाई खाजा खाने समय आधा घण्टा



सरकारी कामकाजलाई प्रभावकारी बनाउन सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपेको जनाएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा खाजा समय– दिउँसो १ बजेर ३० देखि २ बजेसम्म तोकिएको छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ । विदाको दिनसमेत भिडभाड हुने कार्यालयहरु राहादानी विभाग, प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, मालपोत कार्यालय, वैदेशिक विभागलगायतका कार्यालयमा सट्टा विदाको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ३८ बजे