२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


किसानलाई राहात दिन दूधको मूल्यमा वृद्धि



सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०६ बजे