३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सौन्द्धयकर्मी संघको जिल्ला अधिवेशन सम्पन्न



शेखर छत्कुली, बीरगंज २० फागुन । नेपाल ब्युटिसियन संघ जिल्ला कार्य समिती बीरगंज पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बीच सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन आबद्ध ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रमबीच बीरगंजमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती नेपाल ब्युटिसियन संघका केन्द्रिय अध्यक्ष भगवती खडकाले ब्युटिसियनहरुको काम खाली कपाल काटने पैसा कमाउने मात्र नभई आफनो लागी समाजको लागी र देशका लागी बिकास गर्ने बताउनु भएको छ ।

उक्त कार्यक्रमा बोल्दै अध्यक्ष खडकाले समाजमा रहेको महिलाहरु भन्दा आफुलाई फरक किसिमको महिला बुझनु पर्ने बताउनु भएको हो । खडकाले आफुहरुको संर्घष मुद्धा र एजेन्डाहरु अझै जारी रहेको बताउनु भएको छ ।

कार्यक्रमा बोल्दै उहाले आफुहरुको मुद्धा अरु कोही सित नभएर आफनो समाजका दाजु भाई र सरकार संग रहेको बताउनुभयो । अध्यक्ष खडकाले आफनो परिवार समाज र देशका लागी केही गर्छु भनेर अगाडी बढनु पर्ने बताउनु भयो ।

उहाले नेपालीहरुको माहान पर्वको रुपमा आउदै गरेको होलीको शुभकामना दिदै एक आपसमा मेलमिलापको साथमा सौहादपुर्ण बाताबरणमा होली खेल्न आग्रहर समेत गर्नुभयो ।

ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशनबाट आजै मन्दिरा राउतको अध्यक्षतामा १७ सदस्सिय चयन भएको छ । ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा मन्दिरा राउत उपाअध्यक्षमारोजी प्रधान सचिवमा राधा हमाल कोषाध्यक्षमा कल्पना खडका सहसचिवमा सुमित्रा बस्नेत सहकोषाध्यक्षमा जुली श्रेष्ठ र सदस्यहरुमा सुलेखा श्रेष्ठ, सिमा साह, संगिता प्याकुरेल, कौशिला सत्याल, रन्जन मर्हजन, प्रमिला चौरसिया, डिम्पल श्रेष्ठ, ललिता गुप्ता, सुमन श्रिवास्तव, माया शर्मा, र सावित्री पटेल रहेकाछन ।

सो कार्याक्रममा गोरखापत्रका संचारकर्मी कन्हैयालाल केसरी, बिबिसीका पर्सा सम्वाददाता माधुरी महतो, समाजसेवी सज्जन अग्रवाल, नेपाल ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, नेपाल कारखाना श्रमिक संघका पर्सा अध्यक्ष अमृतलाल जोशी, नेपाल टे«ड युनियन पर्साका अध्यक्ष छोटेलाल साह, शैलेजा आर्चाय प्रतिष्ठान पर्साका अध्यक्ष रुपा श्रेष्ठ र नेपाल ब्युटियन संघका केन्द्रिय माहा सचिव सरिता गौतम संघकी नगर अध्यक्ष राधा उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

संघको स्थापना २०६० सालमा पर्साबाटै शुरु भएको थियो । सो कार्यक्रम उर्मिला थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : ५१ बजे