२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दुर्गा प्रसाईं ‘कालोमोसो दस्ता’का नाइके थापा पक्राउ



बैंक तथा वित्तीय क्षेत्र र संस्था प्रतिनिधिलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक तथा मुख्य नाइने शम्भु थापा पक्राउ परेका छन् । थापालाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनले पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताएका छन् ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएक थिए । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन थापाको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेससमेत गएका थिए । बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ । उनले ऋण लिएको रकम नतिरी आन्दोलन सुरु गरेका छन् । उनको अभियानलाई ध्यानमा राखी गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै र नतिरी र वित्तिय क्षेत्रको सुरक्षामा चनाखो बन्न निर्देशन नै दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ४९ बजे