१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा शान्ति स्थापना : सभामुख घिमिरे



प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताउनुभयो ।

‘‘समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ । त्यसको परिणाम हाल हाम्रो संघीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन् ।’’

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ०६ बजे