१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संविधानले सुरक्षाको बृहत पक्षलाई आत्मसात गरेको छ : प्रधान सेनापति शर्मा



प्रधान सेनापति प्रभुराम शर्माले शीतयुद्ध पश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरण (Globalization)ले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको र यसले बहुपक्षिय मानव केन्द्रित सुरक्षा अवधारणालाई समेट्ने कुरा बताउनु भएको छ ।

आज रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सि.सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम(Advanced Course on National Security) को थालनी गर्दै प्रधान सेनापतिले दीगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको र यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र संभव हुने कुरा बताउनु भयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले गैर परम्परागत सुरक्षा चुनौतीहरु बढ्ने क्रममा त्यस्ता चुनौतीहरु सामना गर्ने उपयुक्त विकल्पहरुको खोजी हुनु स्वाभाविक भएतापनि राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतस् जारी रुस(युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गर्नुभयो ।

प्रधान सेनापतिले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने संभावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गर्दै नेपालको राष्ट्रिय सुरक्षा नीतिले हाम्रो राष्ट्रिय हितहरुको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेदुंगाको कार्य गरेको कुरा बताउनु भयो । राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ रहेको उहाँको भनाई रहेको थियो ।

राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका महत्वपूर्ण विषयहरुमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाको लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय संचालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रुपमा अघि बढी रहेको जानकारी दिनु हुँदै प्रधान सेनापतिले उक्त विश्वविद्यालय संचालनमा आउने बेलासम्म राष्ट्रिय सुरक्षा अवधारणा माथि प्राज्ञिक बहस, खोज र नीति निर्धारणमा सघाउ पुर्‍याउने जनशक्ति तयार गर्न यो तालिमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति शर्माले भन्नुहुन्छ,राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको बताउनुभयो ।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररुपमा अघि बढी रहेको स्पष्ट पार्नुभएको थियो ।

समारोहमा स्वागत मन्तव्य राख्‍नु हुँदै रक्षा सचिव किरणराज शर्माले सुरक्षा खतराहरुको प्रकृति विश्वव्यापी रुपमा परिवर्तन भईरहेको हुँदा कुनैपनि राष्ट्र बहुआयामिक खतराबाट मुक्त नरहेको र नेपालले यस्ता चुनौतीहरु सामना गर्न सबै मन्त्रालयहरुको समग्र प्रयासबाट राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्ने क्षमता बढाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले यस तालिमबाट प्राप्त हुने ज्ञान र अनुभवको आदान(प्रदान मार्फत सहभागीहरूमा राष्ट्रिय सुरक्षा संवेदनशीलता सम्बन्धमा चेतना अभिवृद्धि हुने विश्वास पनि व्यक्त गर्नभयो ।

आज २०७९ फाल्गुण २९ गतेबाट २०७९ चैत्र १५ गतेसम्म सञ्चालन हुने शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा आजदेखि सुरु भएको आठौँ समूहको उक्त १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ । प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दख्खल राख्नु हुने विज्ञद्वारा प्रशिक्षण गराइने जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : १९ बजे