१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ५० बजे