२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेयर साह बेलायत प्रस्थान



गैरसंक्रामक रोग र जटिल चोटपटकको विश्वव्यापी बोझसँग लड्ने विषयमा सम्मेलन केन्द्रित
काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन् । उनी चैत ५ गते स्वदेश फर्किनेछन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।

प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट उनलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विदाई गरे । मंगलबार विहान २ बजेको उडानबाट सम्मेलनमा गएका प्रमुख साहसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा नम्बर २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव साह छन् ।आजदेखि चैत २ गतेसम्म हेल्दी सिटिज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो ।

ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सहआयोजनामा लण्डनको मेयर छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोटपटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएकाे निचोडले स्वस्थ सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्नेछ ।

विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युवरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ ।

सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने जनाइएकाे छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ०३ बजे