२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


वन क्षेत्रमा हुने अवैध निर्माण कार्य तत्काल रोक्का गरिने



चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकस्थित केउरानी वन उपभोक्ता समूहले वन क्षेत्रमा हानी नोक्सानी हुने गरि भौतिक संरचना निर्माण गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । सो वन क्षेत्रमा विकास निर्माणको बहानमा वन क्षेत्र र आसपासमा आफुखुसी कच्ची बाटो तथा अन्य कार्य निर्माणका लागि पूर्णरुपमा रोक लगाउने भएको हो ।

यस वनको वल्क नम्बर १ अन्र्तगत मयलपानी क्षेत्रमा विभिन्न समूह तथा व्यक्तिले लुकीछिपी कच्ची बाटोको स्तरउन्नती गरेको प्रति सरोकारवालको छलफल पछि बन्द गर्ने निर्णय गरेको हो । साथै वनको आसपासमा नम्बरी जग्गा प्लटिंग गर्दा वनमा समेत हानी नोक्सानी पर्ने गरी भूक्ष्य, पहिरो लगाएतको खतरा देखिएकोले वडाबाट यस्ता सिफारिसका लागी एकिन योजना बुझेर मात्र सिफारिस गर्न, मापदण्ड बिपरितका प्लटिंग तत्काल बन्द गरी अबैध रुपमा सार्बजनिक जमिन वन क्षेत्रमा हानी पुर्याउने प्लटिंग रोक्का गरी नेपाल सरकार र चन्द्रागिरि नगरपालिकाको प्लटिंग सम्बन्धि मापदण्ड एन कानुन बमोजिम भए नभएको अनुगमन\अबलोकन गरी वनको संरक्षणमा नीतिगत सहयोग पुग्ने गरी वडाबाट सिफारिस दिनुहुन समेत ध्यानर्कषण गराएको हो ।


फोटो : केउरानी वन समूहका सल्लाहाकार राजु बखतीको फेसबुकबाट

वन समूहले जथाभाबी जग्गा प्लटिंग गर्दा वनमा हानी नोक्सानी भएको पाईएमा प्रचलित वन एेन कानुन बमोजिम कार्बाही गर्न बाध्य हुने भन्दै अबैध प्लटिंग तत्काल बन्द गर्न समेत चेतावनी दिएको छ । साथै वन समूहले आगामी चैत १८ गतेको साधारण सभाको भेलाले नयाँ कार्यसमिति चयन गर्ने निर्णय समेत गरेको छ । सरोकारवालाहरुको विभिन्न चरणमा भएको छलफलबाट वनको संरक्षण, सम्वद्र्धन र प्रवद्धनका लागि आगामी दिनमा यस क्षेत्रमा भौतिक विकासका क्रममा सम्भावित समस्या र समाधानलाई समेत समेटि वन समूहले वडा कार्यालयलाई ११ बुँदे प्रतिवेदन पेश गरेको छ । वडा अध्यक्ष हरिश्याम रानामगर, वडासदस्यहरु अनिता गिरी, केशव गिरी र कविराव खड्कासहितको छलफलबाट वन समूहलाई एक हप्ताभित्रमा वनसमूहलाई प्रतिवेदनख पेश गर्ने समय दिइएको थियो । सोही समय अनुसार वन समूहले वडाका अध्यक्ष रानामगरको अनुमतिमा सदस्यद्धय गिरी र सुनिता रोक्कलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनको पूर्णपाठ :

श्रीमान वडाध्क्षय ज्यू
चन्द्रागिरी नगरपालिका वडा नं. ०१
दहचोक, काठमाण्डौ ।

विषयः प्रतिवेदन पेश गरिएको सम्बन्धमा ।

महोदय,

उपरोक्त बिषयमा यस श्री केउरानी बन उपभोक्ता समूहको चन्द्रागिरी नगरपालिका वडा न. ०१ दहचोकको वडा कार्यालयमा मिति २०७९।११।२३ गते दर्ता नं. १८०३ मा दर्ता भएको जानकारी पत्रउपर यस वडाले श्री केउरानी बन उपभोक्ता समूहलाई मिति २०७९।११।२५ गते पत्रसंख्या २०७९।०८० को पत्रद्वारा सार्वजनिक सुचना जारी गरी मिति २०७९।११।२६ गते शुक्रबार यस उपभोक्ता समुहका सम्पुर्ण पदाधिकारीहरुलाई उपस्थिति सम्बन्धमा पत्राचार गरिए पश्चात मिति २०७९।११।२६ गते शुक्रबार वडाध्यक्ष श्री हरीश्याम राना मगरज्युको अध्यक्षतामा वडा सदस्य,कर्मचारी तथा उपभोक्ता समुहका प्रतिनिधीहरुको उपस्थितिमा बैठक बसी छलफल सम्पन्न भयो । उक्त बैठकमा छलफल पश्चात यस वन उपभोक्ता समितिले वडा कार्यालयमा बन फडानी तथा कच्चीसडक निर्माणसम्बन्धी भए गरेका गतिबिधीहरुलाई समेटी १(एक) हप्ताभित्र प्रतिवेदन पेश गर्ने निर्णयानुसार तपशील बमोजिम रायसहित यस प्रतिवेदन पेश गरिएको छ ।
तपशीलः-
१.यस श्री केउरानी बन उपभोक्ता समूह अन्तर्गत पर्ने मयलपानी, तीनपोखरीमा अन्दाजी ३७५ मिटर कच्ची पैदल बाटो निर्माण भएको देखिन्छ,भने दहचोक डाडा को बाटोमा जोडिन अन्दाजी ४५० मिटर बाकी रहेको देखिन्छ ।

२.उल्लेखित कच्ची पैदल बाटो निर्माण गर्ने क्रममा आंशिकरुपमा ६ वटा रुखमा र पूर्णरुपमा ४ वटा रुखमा क्षति पुगेको देखिएको छ,भने ६ वटा रुखहरु बाटो को बिचमा भएको देखिन्छ ,अन्य रुखहरु भिरमा रहेको हावा हुरी का कारण बिगतका वर्षहरुमा ढलेका पुराना दलापढा रुखहरु रहेको देखिन्छ ।

३.यस वनको ब्लक नं. १ मा मयलपानी धार्मिक सम्पदा संरक्षण समितिले तीनपोखरीबाट मयलपानीमा घण्टा लैजान निर्माण गरिएको पैदल बाटोलाई थप स्तरोन्नती गरिएको देखिन्छ ।

४.यस वन क्षेत्रभित्र घडेरी-जग्गा रहेका सरोकारवाला जग्गाधनीहरुबाट सार्वजनिक बाटो र जग्गाका साथै वनहरुमा क्षति पुग्ने गरी बाटो चौडा पार्ने तथा दुरुपयोग गर्ने गतिविधीहरु देखिएको हुँदा सो को छानबिन गरी त्यस्ता गतिविधहरु रोक लगाउन पर्ने देखिन्छ ।

५.यस वनक्षेत्र अन्तर्गत हुने भौतिक निर्माणका साथै जुनसुकै कार्यहरु संचालन गर्नको लागि जुनसुकै संस्था, समुह वा निकायले अनिवार्यरुपमा यस बन उपभोक्ता समुहको अनिवार्य राय, सल्लाह, सुझाव लिई वन उपभोक्ता समुहका पदाधिकारीको सहभागिता र सहमति लिनु पर्ने देखिन्छ ।

६.मयलपानी धार्मिक सम्पदा संरक्षण समितिले मयलपानी कुण्डक्षेत्र विकास पूर्वाधार निर्माणका लागि डि.पि.आर.(D.P.R.) तयार गर्ने कार्य सुरु भएको भनी मिति २०७९।११।२६ गते वडामा भएको छलफलबाट जानकारीमा आएको हुँदा यस कार्यमा यस बन उपभोक्ता समुहको अनिवार्य राय, सल्लाह, सुझाव, वन उपभोक्ता समुहका पदाधिकारीको सहभागिता र सहमति हुनु पर्ने देखिन्छ ।

७.धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वको यस मयलपानी कुण्डक्षेत्रको आवश्यक प्रचार प्रसारको अभावमा हालसम्म ओझेलमा पर्दै आइरहेको सन्दर्भमा यस क्षेत्रको थप भौतिक विकास निर्माण र स्तरोन्नति गर्दा पर्यटकीय विकासका लागि गुम्बा, तीनपोखरी, स्वीजरल्याण्ड पार्क, बिन्द्ययबासिनी मन्दिर, ईन्द्रथान,मनकामना मन्दिर, कालुपाण्डे समाधीस्थल र दहचोक भ्यू टावरसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत लक्षित गरी तीनपोखरी, मयलपानी कुण्ड देखि दहचोक डाँडा गैरीगाउ हुँदै मितेरी मार्ग चन्द्रागिरी जाने मुख्य राजमार्गहरुमा जोडिन सक्नेछन । यसबाट यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा स्थापित गर्न थप टेवा पुग्ने स्पष्ट देखिन्छ ।

८.मयलपानी कुण्डमा परम्परादेखि नै बिशेष धार्मिक आस्था राख्ने समुदायका साथै अध्ययन, भ्रमण,दर्शन र अवलोकनको लागि आउने आगन्तुकहरुको सहजताको लागि चन्द्रागिरी जाने मुख्य राजमार्गहरु, मितेरी मार्ग, गैरीगाउ, दहचोक डाँडा हुँदै यस कुण्डमा दर्शन गरी सो बाटो हुँदै तीनपोखरी-ईन्द्रदह जाने मुख्य सडकलाई जोड्न अपरिहार्य देखिन्छ । जसबाट चन्द्रागिरी स्थित भालेश्वर मन्दिर र कालुपाण्डे समाधीस्थल बिच पर्यटकीय आवागमनलाई प्रबर्धन गर्न यस सडकलाई स्तरोन्नती गरी पैदलयात्रा सर्किटको रुपमा विकास गर्न सक्ने देखिन्छ ।

९.हाल यस वन उपभोक्ता समुह अन्तर्गतको क्षेत्रमा सम्बन्धित सरोकारवालाहरु बिचमा भएको छलफलको निर्णय बमोजिम कच्ची पैदल बाटो निर्माण गर्ने कार्य तत्काल पूर्णरुपमा बन्द गरी यस क्षेत्रभित्र हुने अन्य गतिविधीहरु समेत पूर्णरुपमा बन्द गर्ने गराउने कार्य गम्भिररुपमा कार्यान्वयन गर्नुपर्ने देखि सोहि अनुरुप इन्द्रदह जाने मुलसडकमा सूचना बोर्ड राखी बाटो निर्माण रोकिएको छ ।

१०.अन्त्यमा,तीनपोखरी मयलपानी कुण्ड, दहचोक डाँडा हुँदै गैरीगाउ मितेरी मार्गमा जोडिनको लागि स्थानीय सरकार, स्थानीय उपभोक्ता बासिन्दाहरु,यस क्षेत्रमा घर घडेरी रही सडक पहुँच नभएका बासिन्दाहरुको समेत आवश्यकताका आधारमा माग भई आएपश्चात उचित ठहरेमा यस केउरानी वन उपभोक्ता समुहको सहमतीमा वनलाई न्युनतम क्षति हुने गरी सरोकारवालाहरुको रोहवर र सहमतिमा प्रचलित ऐन कानुनको अधिनमा रही विकास निर्माण कार्य गर्न उचित देखिन्छ, हाललाई बाटो निर्माण सम्बन्धमा रोक्का गरी थप प्रक्रियाको लागी आवस्यक राय सल्लाह सुझाबको लागी जिल्ला बनमा जानकारी गराएका छौ ।

११.अन्त्यमा यस बिषयमा आवस्यक सहजीकरण गरी दिनुहुन वडा कार्यालय च.न.पा.१ दहचोकमा श्री केउरानी बन उपभोक्ता समूह हार्दिक अनुरोध गर्दछौ ।

अध्यक्ष
गणेश गिरी
श्री केउरानी बन उपभोक्ता समूह
मिति :२०७९।११।२९ गते

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ५३ बजे