सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारी अत्यावश्यकबाहेकका अवस्थामा विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक अवस्थामा बाहेक उच्चपदस्थ व्यक्तिहरूको विदेश भ्रमणमा रोक लगाएको हो ।
बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हिजोको बैठकले नेपाल सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय भएको छ ।’
प्रतिक्रिया