२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


युवा संघ काठमाडौंको अधिवेशन सम्पन्न



नेकपा एमाले निकट राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । युवा संघले काठमाडौँको हाँडीगाउँमा संघको अधिवेशन सम्पन्न गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले काठमाडौँमा एमालेले सहि ढंगले कार्यकर्ता परिचालन गर्न नसक्दा आफूहरूले पराजय भोग्नु परेको बताए । एमालेले आफ्नो योग्य उम्मदेवारको प्रचार समेत सहि ढंगले गर्न नसकेको उनको भनाइ थियो । यो अधिवेशनबाट बनेको कमिटीले आगामी निर्वाचनमा विजय हुने गरि तयारी थाल्न उनको निर्देशन छ । उनले स्वतन्त्र विद्यार्थी युनियनलाई पूणर् रूपमा सहयोग गर्न पनि युवा संघ महानगर कमिटीलाई निर्देशन दिएका छन् ।
अध्यक्ष पौडेलले युवा संघले काठमाडौँको प्रत्येक वडामा पुगेर जनताको समस्यालाई समाधान गर्न लाग्न निर्देशन दिएका छन् । उनले नियमित कार्यक्रम बनाएर जनताको बीच जाने र जनताको समस्या समाधान गर्न युवा संघले नेतृत्व गर्न समेत निर्देशन दिएका छन् ।
राजनीति निरन्तर रूपमा गर्नुपर्ने भन्दै पूर्वसांसद तथा काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले युवा संघ महानगर कमिटीले जनभावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे । अहिले र पहिलेका आवश्यकता फरक भएकाले कार्यक्रमहरू पनि फरक हुनुपर्ने उनले बताए । उनले काठमाडौंमा मेयर बालेन शाहबाट पीडित भएकाहरूलाई मुद्दा बनाएर अघि बढ्न युवा संघलाई आग्रह गरेका छन् । युवा पंक्ति सही रूपमा पार्टी संगठन निर्माणमा लागेको अवस्थामा मात्र पार्टीले चुनाव जित्ने उनको भनाइ छ ।

अधिवेशनबाट दिपेश सुधाकारको नेतृत्वमा ४७ सदस्यीय युवासंघ महानगर कमिटी बनेको छ । उपाध्यक्षमा चन्दन सिंहधारी, सचिव विराज राजउपाध्यय, सहसचिव पुणर्िमा महर्जन र अमृत महर्जन त्यस्तै कोषाध्यक्षमा पवित्रा कुमारी रहेकी छन् । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष, महासचिव, जिल्ला पार्टी सचिवलगायतको उपस्थिति थियो ।

कार्यक्रममा युवा संघका केन्द्रीय महासचिव क्षतिज थेवेले युवा संघ निर्माण गर्नु मात्र ठुलो कुरा नभएर युवाहरूको सम्मेलनले ठोस निष्कर्ष निकाल्न सक्नु पर्ने बताए । उनले एमालेले मिसन ग्रासरूट चलाइ रहेको अवस्थामा त्यसलाई सहयोग गर्न के के गरियो भन्ने पनि देखाउनु पर्ने बताए । उनले अब ३० वर्ष मुनिका युवाहरूले महानगर सञ्चालन गर्ने उद्देश्य राखेर काम गर्न समेत आग्रह गरे । उनले प्रत्येक वडाबाट कसरी र कति युवा संगठनमा जोड्यौं भन्ने विषय मुख्य रहेको बताए ।

थेवेका अनुसार अहिले भएको गतिविधिको समिक्षा गर्दै त्यसलाई परिमार्जन गर्ने की नगर्ने त्यो विषय गम्भीर रहेको उनको तर्क थियो । अब बन्ने प्रत्येक कमिटीमा नयाँ युवाहरूलाई ल्याउनै पर्ने र नयाँ सदस्य विनाको कमिटीले एमाले विस्तार नहुने उनको दाबी छ । युवा संघले उठाएको मुद्दा आम युवाहरूको हुनपर्ने उनले बताए ।

देशको पहिलो महानगर भएको भन्दै युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरिले महानगर जस्तो ठाउँमा महानगरमै नियमित अधिवेशन गर्न नसक्नु विडम्बना भएको बताए । हिजो र आजको कार्यक्रम फरक भएको भन्दै उनले आजको कार्यदिशा समृद्धि हुनुपर्ने बताए । युवा संघले चाहेको अवस्थामा जे पनि गर्न सक्ने भन्दै महानगरले फोहोर नउठाउँदा समेत युवा संघले उठाएको उनले बताए ।
उनले महानगरमा एमालेको राम्रो कामको प्रचार गर्न नसकेको र युवाको नाममा कसैले घण्टी बजाउँदा, कसैले लौरो ठट्टाउँदा केपी ओली नेतृत्वमा भएको राम्रो कामको प्रचार गर्न समेत नसकेको उनले बताए ।

७० वर्षपछि सक्रिय राजनीति गर्न नपाउने एमालेको विधानमा व्यवस्था भएको भन्दै अबको १०—१५ वर्ष पछि पार्टी र देशको नेतृत्व गर्ने जिम्मेवारी अहिलेका युवाहरूकै काँधमा आउने बताए । त्यसका लागि युवाहरू अहिलेदेखि नै तयार हुनुपर्ने र आगामी कार्यदिशा प्रष्ट बनाएर लाग्नुपर्ने उनको भनाई थियो ।

नव निर्वाचित अध्यक्ष दिपेश सुधाकरले काठमाडौं महानगर आफू केही गर्ने इच्छा बोकेर राजनीतिमा आएको बताए । उनले युवाहरूले राजनीति सफा गर्न पनि राजनीति गर्नुपर्ने बताए ।
उनले अहिले नेताहरूलाई चिया पसलमा बसेर गाली गर्नेहरूले आफूले देशका लागि के गरेर भनेर हिसाव किताव गर्नुपर्ने सुझाव दिए । उनले अब संगठन मासमा भन्दा कमिटीगत प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्ने बताए । महानगर कमिटी सानो तर चुस्त बनाउने उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : ०४ बजे