११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छुः नवनिर्वाचित उपराष्ट्रपति यादव



नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताउनुभएको छ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताउनुभयो।उहाँले शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बतउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ। मुलुक समृद्ध रुपमा अघि बढोस्।शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ।हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो। उहाँसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदप्रति धन्यवाद प्रकट गर्नुभयो।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ५२ बजे