प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७२ विश्वासको मत पाएका छन्। सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ मत पाएका हुन।
मतदानमा २६२ सांसदले भाग लिएका थिए । ८९ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका छन्।
प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहको विश्वासको मत पाएका छन्।
नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने विपक्षमा मतदान गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए। सो पश्चात नेकपा एमाले र राप्रपासँग कुरा नमिलेपछि उनीहरुले विश्वासको मत फिर्ता लिएका थिए। जसले गर्दा प्रधानमन्त्रीले सोमबार पुनः विश्वासको मत लिएका हुन्।
प्रतिक्रिया