११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विदेशी राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रियो : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले सो आरोप लगाउनुभएको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप उहाँको छ ।

प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, “प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउनुभयो ।” गठबन्धन दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफ्नो पार्टीले उहाँलाई विश्वासको मत नदिने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरूको केही दोष छैन, अलमल र दबाबमा उहाँ हुनुहुन्छ ।’ मुलुकमा विकास निर्माणको काम प्रभावित बनेको र आगामी दिनमा थप प्रभावित हुनसक्ने उहाँले दाबी गर्नुभयो ।

“वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन, अत्यन्त अविश्वसनीय भएको छ” अध्यक्ष ओलीले भन्नुभयो, “प्रधानमन्त्रीप्रति हामीलाई विश्वास छैन, हालसालैका गतिविधिहरूले पुष्टि गरेको छ, त्यसैले हामी विश्वासको मत दिन्नौँ ।”

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ३४ बजे