२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


युक्रेन रुस द्वन्द्वको समाधानबारे पुटिन र सीबीच छलफल



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल भएको छ । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पत्रकारहरूलाई दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति योजनाबारे छलफल भएको बताएका हुन् ।

सोमबारको वान(टु(वान वार्तामा युक्रेनसँगको द्वन्द्वको समाधानको उपायबारे छलफल भएको प्रवक्ता पेस्कोभले बताए । दुई जनाबीचको कुराकानीमा केही ठोस निष्कर्ष निस्कियो त भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, अहिले नै मैले सबैकुरा भन्दिनँ । दुई जना नेताहरूको वक्तव्य पर्खनुहोस् ।

रुसी समाचार संस्था तासका अनुसार प्रवक्ता पेस्कोभले भने इन्धन सम्झौता, सैन्य तथा प्राविधिक विषयमा छलफल भएरनभएको केही खुलाएनन् । प्रवक्ता पेस्कोभलाई उद्धृत गर्दै तासले लेखेको छ, यसबारेमा नेताहरूले आफ्नो वक्तव्यमै खुलाउनु हुनेछ।

चिनियाँ विदेश मन्त्रालयले गत फेब्रुअरीमा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानबारे १२ बुँदे दस्ताबेज प्रकाशित गरेको थियो । जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र किभबीच बन्दीहरूको आदानप्रदान र एकपक्षीय प्रतिबन्ध हटाउनेलगायतका विषय छन् । दस्ताबेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको पनि उल्लेख छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे