काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा विद्युतीय टेम्पो सञ्चालनमा आएका छन् । नगरपालिकाबाट तिन पांग्रे टेम्पो अटो रिक्सा सञ्चालनको अनुमति लिई युुनाईटेड नेपाल मञ्जुश्री यातायात प्रालिले टेम्पो सञ्चालनमा ल्याएको हो ।
पछिल्लो पटक दहचोकको खहरे, श्रृजनाचोक, कंलकीलगायत नगरभित्रका विभिन्न स्थानमा टेम्पु सेवा सुरु भएको दहचोक टेम्पु सेवाका संयोजक राजु बखतीले बताए । टेम्पो समितिले भाडा दर समेत तोकेको जनाएकोे छ । जसमा यातायात ब्यवसायी तथा तथा तदर्थ उपभोक्ता समितिले निर्धारण गरेको भाडामा दहचोक खहरे-श्रृजनाचोकसम्म ३० रुपैयाँ, श्रजनाचोक-नैकापसम्म ३० रुपैयाँ तोकेको छ । त्यस्तै नैकाप-कंलकी ४० रुपैयाँ, दहचोक-खहरे -कलङ्की-गैरीगाउॅ, दहचोक- कलङकी र रातोमाटे-कलङकी ६० रुपैयाँ भाडा तोकेको छ । रिजर्फका लागि दहचोक खहरे – कलङकी, रातमाटे -खहरे -कंलकी ३०० सय रुपैयाँ काय गरिएको छ । यस्तै दहचोक खहरे-थानकोट-२५० रुयैयाँ र दहचोक खहरे नागढुंगा -३०० रुपैयाँ, श्रीजनाचोक- कंलकी -२५० रुपैयाँ, दहचोक खहरे- गुर्जुधारा-२५० रुपैयाँ भाडा कार्यम गरिएको छ । अन्यत्र आपसी समझदारीमा भाडा लिन दिन सकिने समितिले जनाएको छ ।
प्रतिक्रिया