११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


रास्वपा उम्मेदवार चितवन २ मा लामिछाने, तनहुँ १ मा वाग्ले र बारा १ मा खरेलको उम्मेदवारी



 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा पार्टी कार्यालयमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गर्नुभयो ।

सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रूपमा उभिनेछौँ ।” सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान् व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।”

रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताउनुभयो । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताउनुभयो । रासस 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : १३ बजे