७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घोडाघोडी नगरपालिकाको नगरसभा अधिवेशन सुरु



 घोडाघोडी नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन शनिबारदेखि सुरुभएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य खुशीराम चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।

अधिवेशनको उद्घाटनसत्रमा सांसद चौधरीले अहिलेसम्म भइरहेको कामलाई मूल्याङ्कन गर्दै प्राथमिकताका आधारमा योजनाहरू ल्याउन सुझाव दिनुभयो । वडाअनुसार बजेट भागबन्डाले सबै क्षेत्रको विकासलाई नसमेटेको उल्लेख गर्दै पूर्वाग्रहविना आवश्यकताका योजनालाई सम्बोधन गर्न सुझाव दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष खगेन्द्र हमालले स्थानीय सरकार गठबन्धनको सरकार भए पनि गठबन्धनको मर्मअनुसार नचलेको आरोप लगाउनुभयो । कतिपय ठूलो बजेट खर्च भएर अलपत्र अवस्थामा रहेका योजना कार्यान्वयनका लागि स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गर्नुभयो ।

नगर प्रमुख खडक रावतले आफ्नो नेतृत्वमा आएको स्थानीय सरकारले असीमित योजनालाई सीमित स्रोतसाधनबाट समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले १२ वटा वडाका बाटो कालोपत्रे गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो ।

सबै राजनीतिक दलसँग सल्लाह सुझाव लिँदै दूरदराजका बस्तीका जनताले समेत विकासको अनुभूति पाउनेगरी काम गर्न नगर सरकार लागेको नगरप्रमुख रावतले बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : २७ बजे