२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कृषि


बहुउपयोगी ‘सिप्लिकान’



सिप्लिकान अत्यन्तै उपयोगी र औषधिय गुणले भरिपूर्ण भएको बनस्पति हो । यसको कलिला पात, डाँठलाई तरकारी, अचारको रुपमा प्रयोग गरिन्छ । यसलाई अमिल्याएर र गुन्द्रुक वा सिन्की बनाएर पनि खान सकिन्छ ।
यसमा मानव स्वास्थकोलागि अत्यन्तै उपयोगी खाद्यतत्वहरु भिटामिन सि, फलाम, पोटासियम, म्याग्निज, म्याग्नेसियम, फस्फोरस, गुणस्तरीय फाइबर प्रशस्तै पाइन्छ । साथै प्रोटिन, कार्वोहाइड्रेट, कपर लगायत अनेकौं लबणहरु पनि पाइन्छन् ।
यसको सेवनले,
१ शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
२ खुट्टाको डरलाग्दो समस्या ९च्भकतभिकक भिन कथलमचयmभ० लाई समाधान गर्छ ।
३ तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
४ मुटुरोगको लागि अत्यन्तै लाभदायक हुन्छ ।
५ मधुमेहका रोगीको लागि पनि उपयोगी हुन्छ ।
६ हाडजोर्नी बलियो बनाउछ र बालबालिकाको राम्रोसँग शारीरिक वृद्धि र बिकासमा उपयोगी हुन्छ ।
७ पिसाबसग जोडिएका समस्याहरुको लागि पनि प्रभावकारी हुन्छ ।

यसको फल, रुखको बोक्रा, जरामा पनि कैयौं औषधिय गुणहरु हुन्छन् ।
यसलाई पर्खाल र बारको छेउछाउ, खेर गएको जमिनमा लगाउन सकिन्छ । राम्रोसँग मलजल, ठाउँ र सुर्यको प्रकाश पाएमा बोट निकै ठुलो हुन्छ ।
काठमाडौं जस्तो ठाउँमा हामीले झै पर्खालको छेउ, कुना देखि गमलामासम्म यसको बिरुवा लगाएर कहिलेकाही साग खान सकिन्छ । (लेखक :- निलकण्ठ शर्मा कृषि विज्ञ हुनुहुन्छ ।)

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४३ बजे