२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पोखरा १८ का वडाध्यक्ष पदको पुन: मतगणना गर्न अदालतको आदेश



उच्च अदालत पोखराले कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश दिएको छ ।

मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले चैत २० गते पुन:  गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुन: मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ४५ बजे