६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


थ्रीस्टार हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति



थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न चैत १७ गते अनुमति दिएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ७५ प्रतिशत अर्थात ३६ करोड ९३ लाख ७५ हजार रुपैयाँ पूँजी संकलन गरी सकेको छ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले खोटांङ जिल्लाको हलेसी टुवाचुङ्ग नगरपालिकामा ६।६०० मेगावाटको क्षमताको सापसुप खोला स्मल हाइड्रोइलेक्ट्रीक आयोजना निर्माण गर्दैछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : १७ बजे