नेपालको गण्डकी प्रदेश अन्र्तगत पर्वत जिल्ला तत्कालीन शँकरपोखरी गाँउ विकास समिति वडा नम्बर ५ हाल फलेवास नगरपालिका वडा नम्बर ३ स्थितको सबैभन्दा अग्लो टाकुरामा पुर्कोट पर्दछ । यो टाकुराको पुर्वमा दलित समुदाय (परिवार–दर्जी) को बसोबास रहेको छ ।
भने पश्चिममा कुडापानी ब्राह्मण बस्ती (पौडेल) र दक्षिण तर्फ भिरालो जिमिन हुदै ब्राह्मणको बसोबास तथा उत्तरमा क्षेत्री (थापा–खत्री) हरूको बसोबास रहेको छ । करिव १ हजार ५ सय ५० मीटर उचाईमा रहेको यस बीचको करिब ३ सय रोपनी समथर जग्गा जसलाई पुर्कोट गाँउले चिनिन्छ ।
यो ठाँऊबाट वरिपरि हिमश्रृखलासहित अति मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । जहाँबाट उत्तरमा रहेका हिमश्रृखलाहरू लगायत पहाड़ी दृष्याबलोकन सजिलै जुन सुकै मौसममा पनि अवलोकन गर्न सकिन्छ । कास्की, स्यांङजा, बाग्लुुङ, गुल्मी, पाल्पा, म्याग्दीहरु यहाँबाट सजिलै देख्न सकिन्छ ।
पूर्कोटमा भुरे राजा थिए भन्ने जेष्ठ नागरीकहरू बताउँछन् । भिरकोटे राजाले आफ्नो राज्यलाई १६ भाई छोरालाई अंश बण्डा गर्दा अर्थात राज्य बाँड्ने क्रममा उनका सन्तान पुर्कोटका राजा हुन पुगे ऐतिहासिक भनाई छ । सोहि ठाँउ बस्ने जेष्ठ नागरीकहरूले यस्तै राज्य चलाएका राजाहरुका बारेमा बताउँने गर्छन ।
राजा निशन्तान भएकाले उनको शेष पछि पृथ्बीनारायण शाहको राज्य एकीकरणका क्रममा पछि नेपाल राज्यमै गाभिन पुुगेको हो । तत्कालिन समयमा पर्वत राज्य निकै शक्तिशाली राज्यका रुपमा समेत रहेको इतिहास छ ।
यस बिषयमा भारतको बराणशीस्थित सुब्बा होमनाथ केदारनाथद्धारा प्रकाशित नेपालको ऐतिहासिक दिगर्दशन भन्ने पुस्तकबाट सबै विषयहरु स्पष्टसंग लेखिएको छ । पुर्कोटमा राजा थिए भन्ने कुरा कतिपय वस्तुस्थिति र प्रसंगले पनि पुष्टि गर्छ ।
पुर्कोटमा भुमे, झाँक्री, पत्थर नागलगायत देबीदेवताका मठ मन्दिरका साथै त्यस समयमा प्रयोग भएका ओखल, मुशल र तत्कालीन घरका अवशेस र पानी खानको लागि त्यस समयमा ईटा र ढुँगाले निर्माण गरिएको ईनारका पुराना प्रमाणहरु अझै पनि भग्नावशेषका रुपमा छन् । दैनिक जीवनमा आधारित परम्परागत वस्तुस्थिति अद्याबधिकले समेत यस क्षेत्रमा राजाको राज्य थियो भन्ने विषयले पुष्टि हुन्छ ।
साथै ज्योतिस विद्यामा धुरन्धर कहलाएका केहि तल रूग्दी (साविक मुडिकुवा गाविस) बस्ने जय शर्माका आफ्ना पराक्रम र राजालाई राजकाजमा सहयोग गरेकाले राजाबाट रूग्दी भन्ने ठाँउ बृता पाई बसेका हौ भन्ने रेग्मी बशंका पुढापाकाहरु बताउँछन । केही रेग्मीहरु पछि शंकरपोखरीकै पखराचौरमा गएर समेत बसेका छन् ।
हालको कुश्मा तर्फको चाम्लेस्वार भन्ने टार जग्गामा झांपे कोदो फल्ने र सो कोदोको पिठो सेतो चामलकै जस्तो देखिने खान पनि मिठो हुनाले रानीलाई मन पर्ने हुदाँ सो स्वाराको कोदो राजाकहाँ पठाउने चलन भै सो ठाँऊको नाम चाम्लेस्वर रहेको भन्ने किम्दन्ती अझै छ ।
पुर्कोट र जिताकोटका राजाका बीच लड़ाई हुदाँ माथीबाट तल लखेट्दै लगि एकैठाँऊमा खदारेकोले खदार नाम रहेको जनविश्वास अहिले पनि रहदै आएको छ । यस पुर्कोटमा अहिले पनि बडा दशैमा शँकरपोखरी, भँगारा, लिमीठाना, ठानामौला, देबीस्थान, खानीगाँऊ, मुडीकुवा कुर्घालगायत धेरै मौजाका बासीन्दाहरू र धेरै ठूलो समुहले पुजा गर्दछन् । भने फूलपातीको दिन कोटमा जार्ने अझै पनि चलन छ ।
यी सबै तत्थ्यहरू केलाउँदा त्यस ठाँऊमा तत्कालिन राजाको राजधानी रहि त्यहिबाट शासन सञ्चालन भएको हुनसक्ने भएकोले सो ऐतिहासिक ठाउँको भएको पुष्टि हुन्छ ।
साथै यस स्थलको पश्चिम–दक्षिण तर्फ कुडापानी र चितीपानीको बीचमा देविको कुवा रहेको र सो कुवामा हरेक दिन तत्कालिक शासकले स्थान गर्ने गरेको समेत भनाई छ । जंगलको बीचमा हाल जय दुर्गा जिमिरे भगवती मन्दिर रहेको र सो मन्दिरको उत्तरपटि पानीको कुवा रहेकाले सोही समयमा एक किल्ला त्यहाँ समेत पुर्कोटे राज्यको एक राज्य रहेको पुष्टि हुन्छ ।
खेती योग्न जमिन, समथल पाटाहरु हुनुले सो समयमा यहाँ राज्य भएको पुष्टि गर्छ । तत्कालिन समयमा राजाकी छोरी जिमिरेलाई बाघले खाई रानी पुत्री शोकमा परेकाले राजा रानीले सोही स्थानमा छोरीको सम्झनामा जय दुर्गा जिमिरे शक्तिको पतिस्थापन गरी पुजा गर्ने चलन रहेको समेत इतिहास भेटिन्छ । ऐतिहासिक स्थल पुर्कोट र धार्मिकस्थल जयदुुर्गा जिमिरे भगवती माईको मन्दिर क्षेत्र एक विहानमा सजिलैसंग घुम्न सकिन्छ ।
मन्दिरको नजिकै दुई दशक देखि मष्ठबराह संरक्षण क्षेत्रको समेत विकास हुने क्रममा छ । यी स्थानहरुमा पोखराबाट करिव ३ घण्टा र पर्वतको कुश्माबाट आधा घण्टामा सजिलैसंग जुनसुकै साधनमार्फत पनि पुुग्न सकिन्छ ।
दृश्याअवलोकनका लागि र जैविक विविधता सम्बन्धी अध्ययन अनुुसन्धान गर्नेहरुका लागि यो क्षेत्र निकै उपयोगी हुन सक्छ ।
यता, स्थानीयको बढ्दो बसाईसराईका कारण यी क्षेत्रको संरक्षण, सम्बर्धन तथा उचित प्रवद्र्धनमा ध्यान नपुुगेकै हो । स्थानीय तह, प्रदेश र संघीय सरकारले समयमै यस्ता स्थलमा ध्यान दिन नसक्दा ओझेलमा परेका छन् ।
तरपनि सोही क्षेत्रमा सरकारी उच्च पदस्थ कर्मचारी, न्यायधीश, समाजसेवी, प्राध्यापक तथा सञ्चारकर्मीहरुको सामुहिक प्रयासमा भावी विकासको मोडल बारेमा बहसले प्रवेश पाउनुुलाई सकरात्मक रुपमा लिन सकिन्छ । त्यसैले सम्बन्धीत निकायले समयमै ध्यान पुुर्याई आन्तरिक तथा बाह्य यस पयर्टकिय क्षेत्रको रुपमा विकास गरी स्थानीय उत्पादनमा बृद्धि गरी स्वरोजगारका लागि स्थानीयलाई समेत परिचालन गर्न सकिने सम्भावना बोकेको क्षेत्रका रुपमा राज्यको पर्खाइमा यस क्षेत्र तडपीरहेको छ ।
फोटो :
कुलबहादुर खत्री, टेकनारायण कुुवँर, किरणराज शर्मा, यमन पौड्याल
प्रतिक्रिया