२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


देवदह नगरपालिकाको संक्षिप्त परिचय



प्राचिन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।

यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ५३५२३ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ‌ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ ।१३६.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडा रहेका छन् ।

कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको , विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ४४ बजे