२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


काठमाडौँ महानगरमा पूर्ण निःशुल्क शिक्षा, शुल्क उठाए कारबाही



काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।

शिक्षा ऐन, २०२८ ९संशोधन सहित० को दफा १६ ९घ० को उपदफा ९क० मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १० : २० बजे