१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


६ घण्टा त्रिभुवन विमानस्थल बन्द



बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।

सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : २० बजे