११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रुस भ्रमण ऐतिहासिक उपलब्धीपूर्ण : अध्यक्ष तिमिल्सिना



समझदारीपत्रमा हस्ताक्षर मात्रै होइन सहुलियतदरमा मल र गहुँ आयातका लागि पनि मार्ग प्रशस्त भयो
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा रसियामा ऐतिहासिक रुपमा उपलब्धीपूर्ण भएको बताउनुभएको छ ।
रुसको उपल्लो सदन संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणमा भएको रुसको औपचारिक भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा भएको पत्रकार सम्मेलनमा रुस संग अन्तर ब्यबस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग बृद्धिका लागि भ्रमण महत्वपुर्ण भएको बताउनुभएको हो ।
भ्रमणका क्रममा रुसको उपल्लो सदन र राष्ट्रियसभाका बिचमा अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने लगायतका बिषयमा समझदारीपत्रमा हस्ताक्षर भएको उहाँले बताउनुभयो । राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ । यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।
अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अबस्थामा जिटुजी मार्फत रुसबाट रासायनिक मल र गहुँत आयात गर्न चाहेको तथा बिगतमा रोकिएको नेपाल र रुस सिधा हवाई उडान पूनः सुरु गर्न आवश्यक प्रकृया अगाडी बढाउन रुस तयार रहेको जानकारी पनि दिन्ुभयो । रुसको सहयोगमा बनेको कान्तिबाल अस्पतालको क्षमता बिरुतारका लागि पनि रुसले चाँसो दिएको छ भने नेपालका स्थानिय तह र रुसका स्थानिय तहका बिचमा पनि मितेरी सम्बन्ध बिस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
रुसले यो भ्रमणलाई अहिले सम्मकै उच्च महत्व दिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०९ बजे