२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


तनहुँबासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले



तनहुँ –१ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा। स्वर्णिम वाग्लेले तनहुँबासीले गर्व गर्नेगरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

‘‘जनताको भरोसालाई डगमगाउन नदिनेगरी काम गर्छु” वाग्लेले भन्नुभयो, “तपाईहरु ढुक्क हुनुहोस् म उदाहरणीय काम गरेर देखाउँछु ।’’ मतदाताले देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसाप्रति म सदैब ऋणी रहने छु उहाँले भन्नुभयो ।

‘‘मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नुपर्ने भूमिकाप्रति म अति नै सजग रहने छु । तपाईँहरूको भरोसालाई खेर जान दिनेछैन’’ वाग्लेले भन्नुभयो । देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदातामा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भइ जितहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने, तनहुँ हुँदै सबै मुलुककै अर्थतन्त्र उकास्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ४६ बजे