१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


४२ हजार भन्दा बढि मतान्तरले रवि लामिछाने पुनः विजयी



प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रवि लामिछाने पुनः ४२ हजार भन्दा बढि मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले विजयी भएका छन्।

कुल ७८ हजार दुई सय ७७ मत गणना हुँदा लामिछानेले ५४ हजार एक सय ७६ मत पाएका छन्। यो उनका प्रतिस्पर्धीहरू कांग्रेसका उम्मेदवारको भन्दा ४२ हजार ९ सय ६२ र एमालेका उम्मेदवारको भन्दा ४३ हजार दुई सय ४० मतले धेरै हो।

कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाएका छन्।

यसअघि गत मंसिरमा भएको निर्वाचनमा लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित विजयी भएका थिए। लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ५५ बजे