११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आधुनिकता संगै लोकसंस्कृति हराएर जाने चिन्ता राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिकता संगै लोकसंस्कृति हराएर जाने चिन्ता ब्यक्त गर्नुभएको छ ।
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको बुटवलमा आयोजित तेस्रो राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै नेपालको पुंजी भनेकै संस्कृति भएकाले आधुनिकताको प्रभाब बढ्दै जाँदा पुराना लोकसंस्कृति हराएर जाने हुन कि भन्ने चिन्ता ब्यक्त गर्नुभएको हो ।
‘हाम्रो मुलुक कला र संस्कृतिमा धनी छ, हाम्रा संस्कृति र परम्परा बिश्वमै अनुकरणीय पनि छन तर आधुनिकताको प्रभाबमा परेर हराउन सक्छन।’ उहाँले भन्नुभयो‘कला र संस्कृतिको संरक्षण गर्नका लागि अब तीन वटै तहका सरकारले धयान दिनुपर्छ।’ उहाँले तीन तहका सरकारले भाषणमा मात्रै होइन ब्यबहारमैै संस्कृति संरक्षणलाई जोड दिनुपर्ने पनि बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले संस्कृतिकर्मीहरुका लागि तीन वटै तहका सरकारले रोजगारी र आयआर्जनका कार्यक्रम बनाउँदा संस्कृति पनि जोगिने र संस्कृतिकर्मी पनि भोकै हुन नपर्ने अबस्था आउँछ भन्नुभयो । कलाकार र संस्कृतिकर्मीहरुले संस्कृति संरक्षण संगै मुलुकमा शान्ति, सुृशासन, स्थिरता कायम गर्न खबरदारी गर्न आवश्यक रहेको चर्चा गर्दै पद र पैसाका लागि बेचिन तयार हुने खराब तत्वलाई नांगेझार पार्न पनि आग्रह गर्नुभयो । उहाँले सबैले आफ्ना लागि होइन देशका लागि सोच्ने हो भने सम्पुर्ण जनताको बिकास र सम्बृद्धिको चाहना पुरा गर्न कठिन छैन भन्नुभयो । अधिबेशनमा मुलुकभरबाट एक हजार भन्दा बढी प्रतिनिधीले भाग लिएको राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ४४ बजे