२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमणबाट १ जनाको मृत्यु, ५१ जना संक्रमित



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष ९आईसीयू० मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ३२ बजे