माईतीघर मण्डलामा वैज्ञानिक महाविर पुनको अगुवाईमा शुक्रवार देखि आयोजित आन्दोलन धर्ना कार्यक्रम सुरु भएको छ । उनको आन्दोलनमा ऐक्यबद्धता जनाउन दोश्रो दिन पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । दोस्रो दिनको आन्दोलनमा सामाजिक अभियान्ता तथा पूर्व सचिव इन्जिनियर भिम उपाध्याय, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियान्ता, सञ्चारकर्मी लगायतको सहभागिता भएको हो । सहभागिहरुले आन्दोलनमा ऐक्यवद्धता जनाउन सबैमा आग्रह गर्दै सरकारलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा आफुहरुमा मागलाई सम्बोधन गर्न दवाव दिन अभियान्ता उपाध्यायले सबैलाई आग्रह गरेका छन् ।
आन्देलनका ४ बुँदा माग यस्ता छन् ।
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र ूअनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषू मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रबर्तन र आविष्कार गर्न सहयोग गरियोस् । सो कोषमा जम्मा भएको रकम सोही बर्ष खर्च नभएमा आगामी बर्षहरुमा पनि खर्च गर्न पाउने ब्यवस्था गरियोस् ।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ूअनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सन्चालन तथा खरिद ऐनू बनाइयोस् र आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाईयोस् ।
३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नब(उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीति नियम बनाउनको लागी ूनव उद्यमी प्रवर्धन समितिू बनाइयोस् र सो समितिले सरकारलाई आबश्यक कदम चाल्न अनुरोध गर्ने ब्यबस्था गरियोस्।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि बिज्ञान मन्त्रालय अन्तर्गत ूव्यावहारिक अनुसन्धान र नवप्रवर्तन बिभागू खोलियोस् । सो बिभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र बिदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित दिईयोस्।
प्रतिक्रिया