नेपाली काँग्रेसका नेता एवम् गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी उपचारपछि नेपाल आउने भएका छन् । गत फागुन ३ गते नेपालमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचारका क्रममा पुुगेका थिए । भण्डारीलाई त्यहाँका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भण्डारीका स्वकीय सचिव वोधराज कण्डेलले जनाएका छन् ।
अहिले उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ । अबको बाँकी थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको हो । सांसद भण्डारी २०८० वैशाख १७ गते आइतबार करिब साढे दुई महिना पछि दिँउसो २ः५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट नेपाल फर्किदै समय तालिका रहेको छ । भण्डारीलाई शुभेच्छा प्रकट गर्नुहुने सबै सहृदयीजनहरूलाई आभार र धन्यवाद गर्नु भएको छ ।
साथै उपचारका लागि भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली काँग्रेस सहित र अन्य पार्टीका आदरणीय नेतागणहरु, काठमाण्डौंको बर्न अस्पताल र्कीतिपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु, भारतमा रही बिभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ ,स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गर्नु भएको छ । सो दुःखद घटनामा परी डा।भण्डारीले आफ्नी आमालाई गुमाउनु परेको थियो।
प्रतिक्रिया