३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विजेता टोलीलाई प्रधानमन्त्रीको बधाई



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई दिएका छन्। उनले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेलमैदान पुगेका थिए।  यस्तै, सभामुख देवराज घिमिरेले पनि एसिसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई  बधाई तथा शुभकामना दिएका छन्।

उनले अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको र नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको बताएका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ३८ बजे