संक्षिप्त परिचय
कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।
भौगोलिक स्थितीः
प्रदेश नं. सुुदूरपश्चिम प्रदेश
जिल्लाः कञ्चनपुर
सिमानाः
पुर्वःभारतको दुधवा नेशनल पार्क
पश्चिमः बेलौरी नगरपालिका
उत्तरः लालझाडी गाउँपलिका
दक्षिणः भारतको दुधवा नेशनल पार्क
अवस्थितीः
२८ डिग्रि ३६ मिनेट उत्तर देखी २८ डिग्री ४३ मिनेट उत्तरी अक्षांश
८० डिग्रि २२ मिनेट देखि ८० डिग्री ३० मिनेट पूर्व देशान्तर
कुल क्षेत्रफलः
१०३.७१ वर्ग कि.मि.
प्रतिक्रिया