२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


ट्रक पल्टिदाँ स्कुले बालकसहित तीनको मृत्यु



तनहुँको बन्दीपुर गाउँपालिका– ५ आँधीखोलामा ट्रक पल्टिएर घरमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिन जाँदै गरेको ना.४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा रहेको चेतबहादुर घर्ती, सनबहादुर भुजेल र सुनमाया भुजेलको घरमा ठोक्किएको हो ।

घटनामा ५० वर्षीय चेतबहादुर र ६९ वर्षीय सनबहादुरको मृत्यु भएको छ । त्यस्तै, स्कुल जान गाडी कुरिरहेका बन्दीपुर गाउँपालिका– १ का १२ वर्षीय आयुष भुजेलको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा पाँच स्कुले बालबालिका घाइते भएका छन् । बन्दीपुर– १ का ६ वर्षीया आयुषा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका हुन् । उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डिएसपी खाणले बताए ।

दुर्घटनामा मृत्यु भएपछि आक्रोशित समूहले ट्रकको सिसा फोडेका थिए । सवारी दुर्घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्ने, घाइतेको उपचारमा पहल गर्ने, दुर्घटनामा मृत्यु भएकालाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक सुरु गरिएको थियो । पृथ्वी राजमार्ग चार घन्टा अवरुद्ध हुँदा लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन रोकिएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : १५ बजे