साहित्यकार बिजय हितानको उपन्यास लाहुरेको रेलिमाई बिमोचित
काठमाडौ-लेखक ,पर्यावरणबिद तथा बाताबरण सरंक्षण अभियान्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज काठमाडौंमा एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ ।
लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणबिदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियान्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यको बगैंचामा एउटा फूलको वृक्षारोपण गरेका छन् ।
साग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम बिश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।
सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिवरुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयंम र वक्ताहरु- प्रा डा गोविन्द राज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी , र कवि बिमला तुम्खेवाले आ-आफ्नो अभिव्यक्ति राखेका थिए । लेखक/समालोचक राजकुमार बॅानियाले कार्यक्रमलाई अन्तरकृयात्मक ढंगले संचालन गरेका थिए ।
प्रतिक्रिया