२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मोदी ईनर्जीको आईपीओमा करिब १३ लाखको आवेदन



मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि आज २४ गतेसम्म निष्काशन गरेको शेयरमा करिब १३ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०२ बजे सम्ममा १२ लाख ८६ हजार ६२३ आवेदकबाट १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख १२ हजार ९८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ५५ लाख ५९ हजार ४२० कित्ता शेयरको २।५७ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यस मध्ये १० प्रतिशत अर्थात २९ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहको २० लाख ९५ करोड ६१० कित्ता तथा सर्वसाधारणलाई छुट्टयाईएको जारी पूँजीको १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता गरी ६४ लाख ४५ हजार ६१० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।

त्यस मध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको ५९ लाख ९४ हजार ४२० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँ निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ५ लाख ५५ हजार ९४२ जना योग्य आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : २१ बजे