५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता



उपचारका लागि वीर अस्पतालमा पुुगेका बृद्धा एक हप्ता देखि वेपत्ता भएका छन् । सिन्धुुपालचोक जिल्ला बाह्विसे नगरपालिका वडा नम्वर ७ घुुम्थाङका ६८ वर्षिया हर्कलाल तामाङ अस्पतालबाटै वेपत्ता भएका हुुन । आँखामा समस्या भई उपचारका लागि राजधानी आएका तामाङ २० गते बुुधबार मध्यानबाट वीर अस्पतालबाटै सम्र्पकबिहिन भएका हुन ।

त्रिपुरेश्वर आँखा अस्पतालमा उपचारकै क्रममा थप शारिरीक परिक्षणका लागि वीर अस्पतालमा आफ्ना छोरा गोरखलाल तामाङका साथ पुुगेका थिए । छोरा टिकट लिन लाइनमा बसेको समयमा बुवा प्रतिक्षामा बसेका भएपनि टिकट लिई आउदाँ दखेकोको उनको भनाई छ । सोही समयमा अस्पताल आसपासमा खोजी गरेपनि नभेटेपछि उनले आफ्न्तलाई जानकारी गराई खोज्नाका लागि सहयोग मागेका थिए ।

आँखामा रगत जमेकाले सोको उपचारका लागि अन्य शारिरीक परिक्षण समेत गर्नुपर्ने भएकाले छोरासंगै उनी वीर अस्पतालमा पुुगेका तामाङका भान्जा सिताराम लामाले बताए । लामाले मामाको खोजीका लागि निरन्तर रुपमा रातदिन नभनी आफ्न्तहरुको सहयोगमा राजधानीका अधिकास गल्ली, चोक तथा बस्तीहरुमा पुुगेको बताएका छन् ।

राजधानीमा सञ्चालित बृद्धा आश्रम तथा नगरपालिकाका मानव आश्रमहरुमा समेत सम्र्पक भैरहेको भन्दै खोजबीनका लागि सरोकारवा पक्षसंग सहयोग गर्न आग्रह गरेका छन् । विशालबजार प्रहरीमा खोज तलासका लागि निवेदन दिइसकिएका जनाएका छन् । यता प्रहरीले आफ्न्तले दिएका हुलियाका आधारमा तामाङको खोजी कार्य जारी रहेको बताएको छ ।

वेपत्ता तामाङले ढाका टोपी, कालोकोट, खरानी रंङको दोरा सुुरुवाल र रातो तथा हरियो रंङको हातले बुनेको गल्बन्धी लगायतका अन्दाजी साढे पाँच फिट उचाईका छन् । निजलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा बुुझाई सहयोग गर्न आफ्न्तले आग्रह गरेका छन् । (सामाजिक उत्तरदायित्वका लागि)

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : २४ बजे