५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पालिका अनलाईन समाचारको प्रभाव : अस्पतालबाट वेपत्ता भएका बृद्धा भेटिए



उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता शिर्षकमा पालिका अनलाईनमा मंगलबार समाचार प्रकाशन भएसंगै उपचारका लागि वीर अस्पतालबाट एक हप्ता देखि वेपत्ता भएका बृद्धा फेला परेका छन् । सिन्धुुपालचोक जिल्ला बाह्विसे नगरपालिका वडा नम्वर ७ घुुम्थाङका ६८ वर्षिया हर्कलाल तामाङ अस्पतालबाटै वेपत्ता भएको आठ दिन पछि आज परिवारको सम्र्पकमा आएका हुन ।

परिवारले हराएका जेष्ठ सदस्यलाई फेला पारेपछि निकै खुशीयाली व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत सबै पक्षलाई धन्यवाद समेत दिएका छन् । तामाङका भान्जा सिताराम लामाले फेसबुक मार्फत सबै इष्टमित्र, न्युरोड जनसेवा, पत्रकार, फेसबुुक पेजमा हलेर सहयोग गर्दिनु हुने सबैलाई विशेष धन्यवाद गयको बुधबार देखि मामालार्इ निरन्तर खोजो कार्य जारी थियो आज बुधबार मामा भेट्न सफल भयो सबैलाई धन्यवाद भन्दै खुशी व्यक्त गरेका छन् ।
तामाङ ललितपुरको लेलेमा पैदल हिडिरहेको समयमा फेला परेको आफ्न्तले जनाएका छन् ।

आँखामा समस्या भई उपचारका लागि राजधानी आएका तामाङ २० गते बुुधबार मध्यानबाट वीर अस्पतालबाटै सम्र्पकबिहिन भएका थिए । त्रिपुरेश्वर आँखा अस्पतालमा उपचारकै क्रममा थप शारिरीक परिक्षणका लागि वीर अस्पतालमा आफ्ना छोरा गोरखलाल तामाङका साथ पुुगेका थिए ।

उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता

छोरा टिकट लिन लाइनमा बसेको समयमा बुवा प्रतिक्षामा बसेका भएपनि टिकट लिई आउदाँ नदेखेपछि सोही समयमा अस्पताल आसपासमा खोजी गरेपनि नभेटेपछि उनले आफ्न्तलाई जानकारी गराई खोज्नाका लागि सहयोग मागेका थिए ।
आँखामा रगत जमेकाले सोको उपचारका लागि अन्य शारिरीक परिक्षण समेत गर्नुपर्ने भएकाले छोरासंगै उनी वीर अस्पतालमा पुुगेका तामाङका भान्जा सिताराम लामाले बताए । लामाले मामाको खोजीका लागि निरन्तर रुपमा रातदिन नभनी आफ्न्तहरुको सहयोगमा राजधानीका अधिकास गल्ली, चोक तथा बस्तीहरुमा पुुगेर खोजेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ११ बजे