राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलनभन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दै छ । प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारवास भोग्ने कानुन यही संसदबाट बन्ने हुनाले संसद् आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे।
सांसद शाहीले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्धान्तभन्दा माथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे।
उनले भने, ‘तपाईंहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा लड्ने हो भने पार्टीपंक्ति, दल, सिद्धान्तभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ रु हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु –हात खडा गर्नुस् ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही रु त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौँ । कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन । भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरूलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टीपंक्ति, सिद्धान्त नभनेर लागू गरौँ । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ रु कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलनभन्दा संसद् आन्दोलन गरौँ । संसदमा एकजुट भएर अगाडि बढौँ । म यही भन्न चाहन्छु।’
तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने उनको तर्क थियो।
प्रतिक्रिया