राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा महिलाको डिम्ब र पुरुषको वीर्य दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको व्यवस्था गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले उक्त माग राखेकी हुन् ।
नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै सांसद गौतमले यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्ने बताइन् । ुबाँझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने पनि प्रचलन बढिरहेको छ । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक हुनुपर्छ,ु उनले भनिन्, ुस्पर्म डोनेसन ९वीर्य दान० र एग डोनेसन ९डिम्ब दान०का कुराहरू निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।ु
सांसद गौतमले नेपालमा ुपार्ट टाइमु जागिरको व्यवस्था गर्नुपर्ने र त्यसलाई राज्यले नै अपनाउनुपर्ने बताइन् । त्यसले श्रम संस्कृतिको विकास गर्ने र रोजगारी वृद्धि हुने उनको भनाइ थियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा कुरा पनि समेटिएका सांसद गौतमको भनाइ थियो । ुसरकाले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू समेटिएका छन् । धेरै महत्वाकांक्षी कुराहरू पनि समेटिएका छन्,ु उनले भनिन् ।
पुरानै नीति तथा कार्यक्रमलाई शब्द परिवर्तन गरेर ल्याइएको हो कि भन्ने सांसद गौतमको भनाइ थियो । ुहामी बुझ्छौं यस्तो किन भयो एउटा पुरानो ट्रेडिसनल कल्चर जस्तो पनि भइसकेको छ । नीति तथा कार्यक्रम होस्, बजेट होस्, पुराना शब्दहरूलाई फेरबदल गर्ने र तिनै पुराना कुराहरू दोहोर्याउने कल्चर पनि बनिसकेको छ,ु उनले भनिन् ।