५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रास्वपाकी सांसद सोविता गौतमको प्रधानमन्त्री प्रचण्डका भान्जासंग विवाह



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह भएको बताइएको छ ।

सांसद गौतमले विवाहमा आफनो पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् ।

पारिवारिक स्रोतका अनुसार विवाह गरेर सांसद गौतम जापान गएकी हुन ।

चितवनका गृहेन्द्र र सोविता लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुनुका साथै उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।

केहि दिन अघि परिवारकाबीचमा सुटुक्क उनीहरुले विवाह गरेका हुन् । यद्धपि उनीहरूले हालसम्म विवाहकाबारेमा खुलाएका छैनन्। विवाहपश्चात साेविता र गृहेन्द्र जापानमा छन् । व्यक्तिगत कामले उनीहरू जापान गएका हुन् ।

उनी टेलिभिजन प्रस्ताेता हुनुकासाथै कानूनकी विद्यार्थी पनि हुन्  ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ८ : ०० बजे