२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)



काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ ।

महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाले पुरानो सङ्घीय शिक्षा नियमावली र काठमाडौं महानगरको नियमावली र ऐनमा छात्रवृत्ति वितरण एवम् यसको विवरण बुझाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

विभाग प्रमुख कोइरालाले भन्नुभयो, “छात्रवृत्ति वितरण गरेर त्यसको जानकारी दिनुपर्ने भन्ने थियो । कतिपय विद्यालयले छात्रवृत्ति वितरण गरेर पनि त्यसको विवरण उपलब्ध भएन । उहाँहरुलाई हामीले पटक–पटक पत्रचार गरेको हो । सूचना पनि सार्वजनिक गरेका हौं । त्यसपछि पनि विरण प्राप्त नभएपछि यो सूची सार्वजनिक गरेका हौं ।”

उहाँले मङ्गलबार पछिल्लो समयसम्म प्राप्त सम्पूर्ण जानकारी केहीबेरमा पुनः सार्वजनिक हुने जानकारी पनि दिनुभयो ।

विद्यालयले अनिवार्य विवरण बुझाउनै पर्ने भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “नबुझाएर त हुँदै हुँदैन । सरकारीमा पनि निःशुल्क हुनुपर्छ । अब उहाँहरुले के प्रक्रिया गर्नुभयो, त्यो पुग्यो, पुगेन हामीलाई चाहियो ।”

सङ्घीय शिक्षा ऐन तथा काठमाडौं महानगरको नियमावलीमा संस्थागत विद्यालयले कम्तिमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ । यो छात्रवृत्ति गरिब, जेहेन्दार, पिछडिएको क्षेत्र र अल्पसङ्ख्यकलाई लक्षित गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ५ : ३४ बजे