४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


रुकुममा भेटिएका १२ वटा बम सेनाबाट निस्कृय



रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो ।

उहाँका अनुसार, मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए ।

त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाइएको र बम नै रहेको ठहर भएपछि डिस्फोजका लागि नेपाली सेनाको टोली बोलाइएको थियो । प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरु बाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : २७ बजे