३ असार २०८२, मंगलबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्रीद्वारा पशुपति क्षेत्रको निरिक्षण अवलोकन



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरिक्षण अवलोकन निरिक्षण गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो । उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ८ : ०५ बजे