३ असार २०८२, मंगलबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो



काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको रातोपाटीलाई जानकारी दिए ।

लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : ०८ बजे