२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपालमा ४४ डिग्रीसम्म, अर्को वर्ष अझ तापक्रम बढ्ने वैज्ञानिकको प्रक्षेपण



अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।

विभागका अनुसार नवलपरासी जिल्लाको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगिसकेको छ । जेठ २६ गते मापन गरिएको यो तापक्रम हालसम्मकै उच्च रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाइसकेको छ ।

आगामी वर्ष सन् २०२४ मा तापक्रम अझै बढ्ने मौसमविद्ले जनाएका छन् । अमेरिकनको राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय ९एनओएए० वैज्ञानिकहरूले जलवायु परिवर्तन आउन लागेको जनाएका हुन । उनीहरूका अनुसार आगामी वर्ष तापक्रम सबैभन्दा बढी हुने जनाएको छ ।

एनओएए का वैज्ञानिकहरूका अनुसार आगामी वर्ष प्रशान्त महासागरमा एलनिनो देखापर्ने छ । यसले चरम मौसम र उच्च तापक्रमको अवस्था ल्याउने छ ।

प्रशान्त महासागरमा एल नीनोको निर्माण भएकाले आगामी वर्षको तापक्रम पनि बढ्ने वैज्ञानिकले जनाएका हुन । सामान्यतया एलनिनो देखापर्दा दक्षिण एसियामा कम पानी पर्ने सम्भावना रहन्छ । कुनै क्षेत्रमा पानी पर्ने त कुनै क्षेत्रमा पानी नै नपरेर खण्डवृष्टिको अवस्था सिर्जना हुने पनि छ ।

के हो एलनिनो ?

प्रशान्त महासागरको तापक्रम त्यसमाथिको वायुमण्डलको तापक्रमभन्दा १।५ डिग्री बढी भएको अवस्थामा एल निनो निर्माण हुने गर्दछ । यस अवस्थामा वायुको नियमित प्रणाली खलबलिँदा यसको समस्या देखा पर्दछ ।

प्रशान्त महासागरमा एलनिनो देखापर्दा दक्षिणी एसियामा कम पानी पर्ने हुन्छ । एलनिनोको अनुगमन प्रत्येक वर्षको डिसेम्बरदेखि तीन महिनासम्म प्रशान्त महासागरको पानीको तापक्रम अनुगमन गर्ने गरेर पत्ता लगाइन्छ ।

।समुद्रको तापक्रम सामान्यतया २३र२४ डिग्री सेल्सियस हुन्छ । यदि यो तापक्रममा १।५ डिग्री बढी भएको खण्डमा एलनिनो हुने गर्दछ । यदि १।५ डिग्री तापक्रम कम भएको खण्डमा एलानीनो हुन्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रशान्त महासागरमा एलनिनो देखापर्ने बित्तिकै दक्षिणी एसिया महादेशमा सधैँ कम पानी पर्छ भन्ने अवस्था नहुने बताउनु हुन्छ ।

उहाँका अनुसार यस क्षेत्रमा पानी पर्ने प्रक्रियामा अन्य मनसुनी प्रणालीको पनि गतिविधि हुने भएकाले एलनिनो देखापर्ने बित्तिकै पानी कम पर्छ भन्ने सम्भावना हुँदैन ।

उहाँले भन्नुभयो, सामान्यतया प्रशान्त महासागरमा एलनिनो देखापर्दा विश्वभर कम पानी पर्ने आङ्कलन गरिएको हुन्छ । तर, दक्षिणी एसियाको हकमा भने अन्य मौसमी प्रणालीहरू पनि विकसित हुने भएका कारण एलनिनो देखिँदैमा कम पानी पर्छ भन्ने सोच्नु हुँदैन ।

विगतका वर्षमा पनि प्रशान्त महासागमा एल निनो देखापर्दा नेपाललगायत दक्षिण एसियामा मनसुनको समयमा पर्याप्त मात्रामा पानी परेकाले एलनिनो देखा पर्दा पानी नै पर्दैन भन्न नसकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार एलनिनोको ठीक उल्टो प्रक्रिया लानिनो हो । यदि प्रशान्त महासागरमा लानिनो भएको खण्डमा दक्षिण एसियालगायत विश्वमा बढी पानी पर्ने प्रक्षेपण गरिन्छ ।

यदि प्रशान्त महासागरको पानीको तापक्रम त्यसमाथि हुने वायुमण्डलको तापक्रमभन्दा कम भएको अवस्थामा लानिनो हुन्छ । यदि लानिनो बनेको अवस्थामा दक्षिण एसियामा बढी पानी पर्ने हुन्छ । गत वर्ष नेपालमा लानिनोकै प्रभावका कारण बढी पानी परेको थियो, जसका कारण बाढी तथा भू–क्षय भएको थियो ।

मौसमविद् मानन्धरका अनुसार पाँच देखि सात वर्षको अन्तरमा एलनिनो देखा पर्ने हुन्छ । सात वर्षको अन्तरमा प्रशान्त महासागरमा पानीको तापक्रम १।५ डिग्री सेल्सियस बढ्ने गरेको गोरखापत्रले लेखेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : १७ बजे