२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आदिपुरुष चलचित्रबारे सञ्चार मन्त्रालयको गम्भीर ध्यानाकर्षण



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपालको राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत गरिएको संवादको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘‘हिन्दी भाषाको कथानक चलचित्र आदिपुरूषको जाँचका लागि चलचित्र विकास बोर्डबाट मिति २०८० साल जेष्ठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र ९निर्माण, प्रदर्शन तथा वितरण० ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा “भारतकी” शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो। नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’’

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ४१ बजे